इन्भेष्टमेन्ट सेक्टरमा ताण्डव : किन चल्दैछ ‘प्राइसवार’ ?
काठमाण्डौ । शेयर बजार भनेकै ‘ट्रेण्ड एनालाइसिस’ हो भन्ने पनि धेरैको बुझाइ छ । यसै कारणसमेत भनिएको होला–‘फ्लो विथ ट्रेण्ड’ । केही दिनयता शेयर बजारमा नयाँ खालको ‘ट्रेण्ड’ चलिरहेको छ । अर्थात् उस्तै सेक्टर र व्यवसाय गर्ने कम्पनीहरुको ‘प्राइस वार’ नै चलिरहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा सूचीकृत १३ उपसमूहमध्येको अन्य सेक्टर र इन्भेष्टमेन्ट सेक्टरका...